You are viewing the translated version of रुखको काठ नाप्ने आयतन निकाल्ने, मूल्याङ्कन गर्ने तरिका.
(नियम १७ र १८ सँग सम्बन्धित)
रुखको काठ नाप्ने आयतन निकाल्ने, मूल्याङ्कन गर्ने तरिका
(क) काठ नाप्दा आयतन निकाल्दा र मूल्याङ्कन गर्दा निम्न बमोजिमको आधारमा गर्नु पर्नेछ ः–
(१) गोलिया काठको आयतन निकाल्दा क्वाटर गर्थ सूत्र अनुसार निकालिने छ ।
(क्वार्टर गर्थ सूत्रः– आयतन = लम्बाई × (गोलाई)२ ÷१६”
(२) रुखको आयतन हिसाब गर्न छातीको उचाइमा (जमीनबाट ४।। फीटमा) त्यसको व्यास टेपले
एक दशमलव दश इन्ची (१.१० इन्ची) सम्म नाप्नु पर्छ ।
(३) रुखको उचाई (टोटल हाईट) एवनिज टेबुलमा आखिरी फुटसम्म लिनु पर्छ ।
(४) छातीको उचाईमा ११ इन्ची वा सो भन्दा बढी व्यास भएका खयर बाहेकका रुखहरुको निम्न
बमोजिम वर्गिकरण गर्नु पर्छ ः
क्लास– १ हरियो, मर्न लागेको वा मरेको, खडा वा ढलेको ठोस राम्रो तना भएको रुख
जसमा कुनै रोग वा घाउ चोटले बाहिरबाट दागी नदेखिने ।
क्लास– २ हरियो, मर्न लागेको वा मरेको, खडा वा ढलेको रुख जसमा धोधर वा अन्य
दागीले गर्दा पुरा आयतन नपाउने तर ८ इन्ची डायमिटरसम्ममा कम्तिमा ६
फिट लामो २ वटा सोझो मुडा वा १० फिट लामो एउटा सोझो मुडासम्म
आउने ।
क्लास– ३ क्लास १ र २ मा नपर्ने बाँकी सबै रुख ।
(५) छातीको उचाइमा ११ इन्ची भन्दा मुनि ५ इन्चीसम्म व्यस भएका रुखहरुलाई बल्लबल्ली
कायम गरिनेछ । यिनीहरुको विभाजन निम्न अनुसार गरिएको छ ः
(१) ………………..
(२) ………………..
(३) …………………..
(४) …………………..
(५) ……………….
(६) ५.० इन्ची भन्दा कम व्यासको रुखको लगत गरिने छैन ।
(७) आयतन हिसाब गर्दा क्लास १ र २ को आयतन ८ इन्ची टप ब्याससम्मको र क्लास ३ को
आयतन ४ इन्ची टप व्यससम्मको स्थानीय आयतन तालिकाहरुबाट निकाल्नु पर्छ ।
(८) क्र.स.ं (७) बमोजिम प्राप्त क्लास १ को ग्रस आयतनलाई (क्वार्टर गर्थ नापमा बदल्नको
लागि) ०.७८५४ ले गुणन गरी आएको आयतनलाई नेट आयतन मानिनेछ र क्लास २ मा
८ इन्ची व्यास भएको टुम्पासम्ममा काठको प्रयोगमा आउन नसक्ने भाग, बाहिरी भित्री
खराबीको भाग र क्वाटर गर्थ नापमा बदल्दा नापभित्र नपर्ने भाग समेत कट्टा गर्नु पर्ने हुँदा
क्र.सं. (७) बमोजिम प्राप्त आयतनलाई ०.६००८ ले गुणन गरी आएको आयतनलाई काठको
नेट आयतन मानिनेछ ।
(९) खयरका रुखको हकमा ४ इन्ची टप व्यसको स्थानीय आयतन तालिकाबाट आयतन निकाली
यसैलाई नेट आयतन मानिनेछ ।
(१०) क्लास ३ को ४ इन्ची व्याससम्मको पूरै आयतन र क्लास १ र क्लास २ को काठमा उपयोग
नहुने ४ इन्ची व्याससम्मको बाँकी लकडीबाट दाउराको चट्टा हिसाब गर्न निम्न सूत्र लगाई
हिसाब गर्नुपर्छ ।तीन
दाउराको चट्टा (०.८७७८ आ.एक + १.४३१६ आ. दुई + ३ आ.)
१०००
जसमाः–
आ. एक– क्लास १ का रुखको ८ इन्ची टपसम्मको ग्रस आयतन ।
आ. एक– क्लास २ का रुखको ८ इन्ची टपसम्मको ग्रस आयतन ।
आ. एक– क्लास ३ का रुखको ४ इन्ची टपसम्मको ग्रस आयतन ।
(ख) ………………..
(ग) जङ्गल नोक्सानी भई ठुटासम्म भएको तर काठ फेला नपरी ठुटाबाट बिगो कायम गर्दा निम्न
तालिकामा उल्लेख भएको काठको जात र साईज अनुसार आयतन कायम गरी उक्त आयतनलाई